kavita

हाम्रो आव्हान .....

"कबिता"
हाम्रो देशको पुजिंपति सबै बिदेशतिर भागे
निकम्माजती सबै तोड्फोड्, आगजनी र बन्दमा लागे,
कहिले हुन्छ र देशको बिकास यहाँ
महिनौ महिना बन्दको कार्यक्रम गरिरहे
जनताको लागि सोंच्नेले जनताकै दानापानी रोक्छन ।
देशको चल सम्पत्ति जती आगो लगाएर
सडकमा निस्की ठुल्-ठुलो स्वर मा खोक्छन
ढुङ्गा,मुढा, आगो र गोली गरीबकै छातीमा ठोक्छन ।
जनतालाइ जुधाएर नेतासबै डिनर्,पार्टी गर्छन्,
जनताको खुन बगाइ डोलर खेती गर्छन
कस्को के लाग्छ र यहाँ जनताले नै नबुझेशी
आफ्नै घर आँगन दिनैपिछे भत्काएसी
थाहा छैन जनताहरुलाइ आफ्नो खाडला आँफैले खनेको
तोड फोड आगजनिको माहौल ल्याइ अशान्तिको बादल गर्जाएको
हे दाजुभाइ दिदिबहिनी बुझ्ने प्रयास गरौ
कसैको लह लहैमा जिन्दगी नगुमाउ,
नेपाल हाम्रो ज्नमभुमी साझा फूल्बारी हो
साझा फूलबारीमा मिलिजुली फूल रोपौं
के पहाड, के तराई, के पूर्व के पशिच्म
नेपाल आमाका सन्तान हामीसबै
सबै मिलिजुली हाम्रो गाउँ हाम्रो ठाउँ
पहाड तराई पूर्व पशिच्म एउटै बनाउँ
हाम्रो प्यारो नेपाललाइ सन्तानको रगतले हैन
सन्तानको माया सदभाब हाँसो खुशी र सहयोगले सिंचित बनाउँ

भोजपुरे ब्लग परिवार ............

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin