kavita

मेरो भोजपुर

"मेरो भोजपुर"

यहाँ स्वर्गका के कुरा
कल्पनामा मात्र सिमित छ ।
एक पल्ट टेम्के र मैयुँको
उचाइमा राखी हेर।
बिर्सनेछौ ति कल्पनाहरु,
बास्तबिक्तामा हराएर
अरुण र पिखुवाको सुसेलिसगै
अग्लिएका अग्ला-अग्ला
पहाडहरुलाइ हेर ।
लालिगुराँसका लालिले पोतिएको
त्यो हरियाली पहाड हेर।
लालिगुरांसको लालिमा रङ्गिएर
बिर्सनेछौ ति स्वर्गका कल्पना गर्न आँफै म
धर्तिको कुनै पनि कुनामा हराउँ।
मलाई प्यारो लाग्छ मेरै जन्मभुमी,
म जन्मेको, म हुर्केको
मेरो भोजपुर प्यारो लाग्छ ।

एलिशा बान्तवा राई
कक्षा- १०,
श्रीमानेडाँडा मा. बि.,
भोजपुर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin