\लेख्ने रहर /
रहर पनि कस्तो ?
उर्फ !
लेख्न मन लाग्यो ।
कथा खोंजे
गाथा रंचे
क्लाइमेक्स नि सोंचे ।
अरुको कथा कोरे,
पुगेन
आफ्नै पनि थंपे ।
भाव बुंने,
घरी मिठो
घरी तितो ।
दुःखका–सुखका
हर्षका–व्यथाका
मिलन–विछोडका
प्रेम–धोकाका
यथार्थ र कल्पनाका
आदर्श र वास्तविकताका
सबै–सबैका ।
कोर्दा–कोर्दै मसी सिद्धियो
कोरेर–मेटेर पाना भरियो
त्यै पनि,
पूर्ण भएन ।
आफैंलाई चित्त बुझेन,
कतै कथा नमिले जस्तो
थोरै भाव भड्किए जस्तो
क्लाइमेक्स नि खल्लो खल्लो,
घरी धेरै सरल
घरी बुझ्दै नबुझिने जस्तो ।
कठै !
के रौंस चलेको होला मलाई ?
कस्तो रहर जागेको ?
रानीवास ५, भोजपुर
हालः विराटनगर
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)