kavita

कबिता


'आमा'

जति उचारण गरे नि थाक्दीन म आमा भनि :
पाए अर्को जुनी फेरी जन्मु तिम्रै छोरी बनि :
कसरि गरु तिम्रो बयान, कुन शब्दको लिउ सहारा
तिमी नै हौ मेरो आँखा अनि संसार जित्ने सहारा
पहिलो परि-दृश्य मेरो आँखाको कसरि बिर्सन सक्छु
सिकायेउ पहिलो तोते भाका कसरि यो ऋण तिर्न सक्छु

त्यहीं तोते बोलि, ताते चाल निर्दोष मेरा स्पर्शमै रमाउथेउ
आफु भोक प्यासै बसी तिमी मलाइ भर पेट खुवाऊथेउ :
मेरी प्यारी आमा परिस्थिले परदेशिए बोकी सुन्दर सपनाहरु:
एक-एक इट्टा थप्दैछु पसिनाको साकार पार्न तिम्रै कल्पहरु :

घुट्को पीइ पीडाको खुशी दियेउ अन्जुली भरि प्यारी आमा :
दुखको आँधी-बेहरीमा नि हाँसी-२ जिउन सिकायेउ आमा :
दर्दको पोखरीमा पोखिएर आफु तिमी भरेउ मेरो आँचल आमा :
कठिनाइका कन्दरा फुटाइ सधैं जित्न सिकायेउ प्यारी आमा :

मेरो सद-गुरु, सद-भाव, सद-विचार अनि सद-सम्बाद तिमी :
मेरो हर-स्वासको सैयामा संगालो बनि रहनेछौं सदा-२ तिमी :
जति उचारण गरे नि थाक्दीन म आमा भनि :
पाए अर्को जुनी फेरी जन्मु तिम्रै छोरी बनि :
पाए अर्को जुनी फेरी जन्मु तिम्रै छोरी बनि :





यासिन राइ

काठमाण्डौ,
हाल इज़रायल

2 comments:

  1. kabita bhitra maatri bhakti chha ra kabitako dherai nai mitho ra saral chha, badhaai yasin g

    Sital Sharma
    Cyprus

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin