कबिता (बादल फाट्न सक्छ) 
समयको खाली सिउदोमा 
रङ्ग भर्ने कोशीस नगर 
सिमारेखा लामोछ 
अन्धकार सङ्गै 
बादल फाट्न सक्छ 
डाढा पाखा हिजोजस्तो छैन 
पूर्णबिराम र 
प्रश्नबाचकहरु सँगै 
जीबन धमिलिन सक्छ 
पानीको फोकासरी 
प्याट्ट फुट्न सक्छ 
जीबनको सपना 
पुरा नहुन सक्छ 
अलौकिक मनमस्तिमा 
गतिशिल् बेगमा 
सर्बशक्तिवान हुन ब्यर्थछ 
स्वार्थपूर्ण मित्रता 
लामो हुन सक्तैन 
जिन्दगीका जोड र घटाऊहरुमा। 
हाल: चारपाने झापा, 
अगष्ट ११,२०१०
 
 



 
 
 
 
 
 
 
उषा जी असाधै राम्रो छ................
ReplyDeleteramailo 6 Usha G..............
ReplyDeletepadhda man6une............
उडिरहनु बादल सरि
ReplyDeleteक्षितिज पारीको गाउमा पनि
जीवन संघर्षशिल छ
संघर्ष गर्न नछाड्नु है
गरिबीले हात फैलाएपनी
प्रतेकपल कामना गर्छु ......
सधै सधै सफलताले चुमोस
चालेका हरेक पाइलामा पनि