अंध्यारो मनको बस्ती
यो कस्तो एकांकीपन
अचेट लाग्दो शून्यता
पट्यारलाग्दो वातावरण
अनि म चेतनाशुन्य
आफै भित्रको भयावह् शून्यता
अनि आफै भित्र जुझिरहेको
एउटा अर्को शुन्य म !
भिडहरुमा भिड थपिन्दै छ
हल्ला तिव्र हुँदै छ्
कोलाहल र चित्कार बढदै छ्
सास फेर्न मुस्किल
शान्ती सगँ बस्ने ठाउँ खै ?
हा हा हा हा
कोलाहल भित्रै बाट कसैले
अट्हासपूर्ण हासोँ सगैँ प्रश्न गर्छ,
के को शान्ती ???
हो त नि,
म पनि यही कोलाहल
र भिड देखी पर
एक्लो, मौनतामा
आनन्द सँग केहीबेर सुस्ताउने
बहाना खोज्दा खोज्दै
यति सारो एक्लिएछु कि
नितान्त एक्लो पो भईसकेछु
बरु अरु जस्तै
समस्यासँग जुध्नु पर्ने
कायर मन बोकेर भागेछु
झनै एक्लिएँ !
नियती पनि कस्तो
म खल्लो जीवनलाई
अबिश्वासको सोच भित्र
अवशान गर्नु खोज्दै छु !
मेरा आफन्तहरु
आत्मिय मित्रहरु
मेरो निरिह्पनमा
आश्वासन दिन खोज्दैछन
मेरो चेतनाशुन्य मनस्थिती बाट
मलाई ब्युँझाउन खोज्दैछन,
अनि
साहरा दिने प्रयत्नमा छन
तर उनीहरुको सहानुभुति
मलाई फोस्रो लाग्दैछ्
म सोच्दैछु
उनीहरु केवल एउटा ढोंग रच्दैछन,
मलाई साहरा दिने बहानामा
आफ्नैलागी साथी खोज्दैछन,
मलाई सहानुभुति दिने यत्नमा
आफ्नै स्वार्थी माया खोजिरहेछन !
थुईक्क म र मेरो अन्तर्द्वन्द
थुक्क मेरो सोच
मलाई के भएको हो ?
किन ?
कहिले देखी ?
कहाँ ?
केही थाहा छैन !
अँ यति हो मेरो निम्ती सबै
निरस छन,
अनुभुतीहरु बेरंग छन
जीवनको गति बेढंग भएको छ्
सोचहरु शुन्य छन
हो,
मेरो मनको बस्ती अंध्यारो भएको छ !
मनको बस्ती अंध्यारो भएपछि
मान्छे अर्धपागल बन्दो रहेछ
अर्धमुर्छित बन्दो रहेछ !
दुनियाँलाई बौलाहा देख्ने सद्दे बौलाहा !
मुकेश राई
इलाम नेपाल
हाल: बेलायत
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)