kavita

कबिता

फूल हरुमा बिस्थापित मेरो प्रेम


अबिछिन्न मनहरुको परागमा
अभिशाप्त फूलहरु फुल्दै
त्यो अस्तित्वको बस्तीमा
हाम्रो बिस्वासले
संकटकाल घोषणा गरेको बेला
त्यहिं कतै हराएको मेरो प्रेम।

मैले कहाँ कहाँ खोजिन र प्रेम
तिम्रो सौन्दर्यको बालीभित्र खोंजे
तिम्रो ओंठको लालीभित्र खोंजे
तिम्रो बान्की नितम्बमा खोंजे
तिम्रो प्रत्येक यौवनमा खोंजे
अहँ, कहिं पनि भेटिन मेरो प्रेम।

कथित समर्पनमा मैले पाएका
भरभराउदो तिम्रो जवानी भित्र
अतित कल्पिंदै बेहोसीमा
ताप र राप सँगै खोंजे
मेरो प्रेमले सत्य बाली झुलाएको
खेतको आली आली खोंजे
त्यहाँ पनि भेटिन मेरो प्रेम।

बिस्वासले संकट लगाएपछि
समय पनि रोकिंदो रहेछ
नदी उकालो बग्दो रहेछ
सबै बिपरित हुँदोरहेछ
अर्थात सत्यको ठिक उल्टो
दिन पनि रात हुँदोरैछ
दिन पनि रात हुँदोरैछ
मायामा बात लागेको बेला

समय् निरन्तर चल्नुको के अर्थ।।?
स्वार्थले स्नेहत मारेको बेला
नदि ओरालो बग्नुको के अर्थ।।?
अहमताले मनबतालाइ बसाई सारेको बेला
घाम् झुल्किनुको के अर्थ।।?
येसै बे_अर्थै बे_अर्थमा,
मेरो प्रेम पनि हरायो बे_अर्थ।

आखिरमा मैले भेंटे मेरो प्रेम
माघमा फुल्ने चाँप हरुमा
बैसाखमा फुल्ने गुराँस हरुमा
असारमा फुल्ने आरु हरुमा
मङ्सिरमा फुल्ने सुनगाभा हरुमा
बिस्थापित भएछ मेरो प्रेम् त
फुलै फुल्को सन्सार हरुमा।

मिथकको कारागार तोडेर
बिस्वासमा सरेको मेरो प्रेम,
अब कसो नफुल्ला र बारै मास्।।!
फूल हरुमा बिस्थापित मेरो प्रेम||

राज रोबर्ट "अजनबी"

ताप्लेजुङ नेपाल
हाल:ग्लास्गोव, पोलैंड

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin