kavita

कबिता

साथि यहा त हल्लै हल्ला छ नी !

हिजो मात्र
तिमीलाई टि भि मा देखे ।
हसिलो अनुहारमा
सुकिलो सुकिलो
कपडामा सुटेट बुटेट भयको देखे ।
सभासद भय पछी
पहिलो चोटि हिजो मात्र तिमीलाई देखे………।
तिमी
नेपाली जनताहरुलाई
मुक्ती दिलाउने ,
कानुनी राज्यको स्थापना गराउने ।
सुख,सम्रिद्द र आनन्द बाड्ने ,
सिङो नेपाल लाई
टपक्क टिपेर स्वर्ग पुराउने ।
अनी
नयाँ संबिधान बनाउने एउटा
प्रतिनिधि पात्राको रुपमा देखे………।
हुन पनि
यती बेला
तिम्रो काधले
हजारौ शहीदहरु
को सपना बोकेको छ ।
समस्त नेपाली हरुको
नयाँ आकङ्क्षा बोकेको छ ।
अनी
सिङै मेची, महाकाली बोकेको छ ।
तिमी त
नेपाल र नेपाली जनताहरुको
भाग्य र भबिश्य निर्माता हौ ।
ईतिहास कै सम्बाहक तिमी
साच्चि कै पशु भाग्य नै रहेछौ ।
साथि यहा त हल्लै हल्ला छ नी!
जेठ १४ गते संबिधान बनाउछौ
भनेर कसम खानेहरु
कोही संबिधान बन्दैन भन्छन रे
कोही संबिधान निर्माण को लागि
दबाबी आन्दोलन गर्नु पर्छ भन्छन रे
कोही बिकल्पको खोजिमा जुटेका छन रे ।
के यो पनि साच्चो हो
कोही तेस्रो जनयुद्दको तयारी जुट्दै छन रे ………?
साथि यहा त हल्लै हल्ला छ नी
कोही सैनिक शासन
लागु हुने भयो भन्छन रे
कोही माओवादीले
सत्ता कब्जा गर्नै लाग्यो भन्छन रे
साच्चि नै नयाँ संबिधान
नबनाउने नै भयौ कि क्या हो ?
साथि ! यहा त हल्लै हल्ला छ नी !

चकेन्द्र राइ कैदी
धनकुटा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin