कबिता

आमा के देखेउ ? दुरबिनबाट?????

बिचरा ! डाँडा माथी अस्ताउनै लागेको
पिलपिले जुन र घाम जस्तै बुढी आमा
निस्वार्थीकी देबी झै हाम्री बुढी आमा
निस्कपट र निर्दोष लाग्ने उनको आंखा
दश महिना कोखीमा राखी जन्माईन,सन्तानहरु थरि थरि
दश धारा दुध चुसाएर हुर्काईन सन्तानहरु रुदै धर धरी
के हेर्छौ ? बुढी आमा दुरबिनबाट
चोखो र सत्जन त कोहि पनि छैनन्
बार, डिस्को र क्यासिनो फस्ताउदै छ
दिन प्रति दिन देह ब्यपार मौलाउदै छ
ब्रम्हचारीको दिमाख पनि बौलाउदै छ
के देखेउ ? बुढी आमा दुरबिनबाट
निस्वार्थी र निष्पापी कोहि छैनन्
निर्मम हत्या र हिंसाको प्रतिशप्रधात्मक खेल हुदैछ
कुरा काटने र खुत्ता तान्नेहरुको पैथेजोडी खेल हुदैछ
धुस र भ्रष्टचारको जाल बुनिदै छ, झेल उनिदैछ
भो.....नहेर बुढी आमा दुरबिनबाट
जताततै फोहोरको थुप्रो र दुर्गन्धको धुप मात्रै छ
तिम्रा सन्तानहरुको ताल बेताल र हाल बेहाल छ
सून्दर नगरीमा रक्सी र जाँडको आहाल छ
दिनका दिन तास र रंडीबाजीको खाल छ
राजनैतिक र नेताहरुको धराप र जाल छ
भो ....नहेर बुढी आमा दुरबिनबाट
कस्ता कस्ता मिठा भाषण हुन्छ, शासन हुदैन
आकाशका तारा झार्ने कुरा हुन्छ, काम हुदैन
ऐतिहासिक धोषणाहरु हुन्छन, पालना हुदैन
आदर्शका कुरा गर्छन, धैर्यता र अनुसासन छैन
नेताहरु बिच सट्टा र भट्टाको मात्रै कुरा हुन्छ
आफ्नो राष्ट्र प्रतिको जिम्मेवार बोध कसैमा छैन
हैन....ए...बुढी आमा के देखेउ ? दुरबिनबाट
बिदेशको गल्लि तिर भौतारी हिड्ने अल्लारेहरुलाई देखेऊकी !
बिदेश तिरै ति बिदेशी दौतारी खोज्ने मोराहरुलाई देखेऊ ?
नराम्रोसंग बिदेश तिरै पलायन भएका छोराहरुलाई भेटेऊकी !
रंगीन सपना बोकेर सुपारी घोर्टाई काम गर्ने प्याराहरुलाई भेटेऊ ?
हैन....ए...बुढी आमा के देखेउ ? दुरबिनबाट.........!

छक्कु उदासी
म्याग्दी नेपाल
हाल: टोकियो जापान

5 लेखक लाई प्रतिकृया यहाँ:

  1. धेरै राम्रो कबिता छक्कु बहिनी यसरीनै आफ्नो भावनाको बिकास देखाउनु भर्खर जन्मेको बच्चा होस एउटा प्रेरणाको शुत्रमा बाँध्न सक्नुनै एउटा असल साहित्यकारको गुण हो बधाई!

    -:साहित्यिक पर्दा:-

    ReplyDelete
  2. इन्द्र पुनMar 4, 2010 08:09 AM

    चस्क्कै मन छुयो छक्कु जी अती नै मिठो छ कबिता
    यहाँको साहित्यक यात्राले सगरमाथाको शिर चुमोस शुभ कामना छ...

    ReplyDelete
  3. Chhakku ji uttam chha rachana

    Bimal Gautam
    Saudi Arebia

    ReplyDelete
  4. Hajur Amale ke herchhin sahi kura 6akku ji ahile ko samaya ani yo paribesh sanga mel khane rachana

    Subash Rana
    Abudhabi

    ReplyDelete
  5. श्रदय साहित्य प्रेमी मित्रहरु "साहित्य पर्दा,र् इन्द्र पुन, बिमल गौतम र सुबाश राना" ज्युलाई मेरो न्यानो साहित्यक सलाम ! ! !
    यहाँहरुकै अपार प्रेरणाको यो छक्कु संधै ऋणी हुने छ । ह्रदय देखी स-धन्यबाद !!!

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin