प्रेम गरेंछु....!
मैले अरुको हेरेरै प्रेम गरेछु
मैले अरुको सिकेरै प्रेम गरेछु!!
मैले थाहा नपाएरै प्रेम गरेंछु
मैले नचिनेरै प्रेम गरेंछु!!
पछिबाट पो थाहा लाग्यो
मैले नबुझेरै पो प्रेम गरेछु!!
साच्चै मैले उसलाई नभेटेरै प्रेम गरेंछु
मैले उसलाई नदेखेरै प्रेम गरेंछु!!
बास बिनाको प्रेम गरेंछु
आस बिनाको प्रेम गरेछु!!
लाश भित्रको प्रेम गरेछु
गर्दा-गर्दै साथ बिनाको पो प्रेम गरेंछु!!
हुँदा-हुँदा मिलन बिनाको प्रेम गरेंछु
पर्खाई भित्रको प्रेम गरेछु!!
याद भित्रको प्रेम गरेछु
हिर्दय भित्रको प्रेम गरेछु!!
पछि बाट पो होस् फिर्यो मैले त
भविस्य बिनाको पो प्रेम गरेछु!!
हाँसो भित्रको प्रेम गरेंछु
आँसु भित्रको प्रेम गरेंछु!!
आफुलाई भूलाउन प्रेम गरेछु
मैले भूल भित्रको प्रेम गरेछु!!
जीवन डामाडोल हुँदा पो थाहा भो
मैले त काँडे सूल भित्रको पो प्रेम गरेंछु!!
ओहो! मैले प्रेम भित्रको प्रेम गरेछु
कविता भित्रको प्रेम गरेछु!!
एकादेशको कथा भित्रको प्रेम गरेछु
नफर्कने इतिहास भित्रको प्रेम गरेंछु!!
मुटु साच्चै दुख्दा पो थाहा भो
मैले त चोखो प्रेम भित्रको प्रेम पो गरेछु!!
आवाज र आस्था भित्रको प्रेम गरेछु
तस्बिर र मौनता भित्रको प्रेम गरेछु!!
गित र संगीत भित्रको प्रेम गरेछु
कविता-मुक्तक भित्रकै प्रेम गरेंछु!!
झल्याँस् बिउँझिन्दा पो थाहा भो
हे,,हे,,म त मध्य रातको सपना भित्र पो रहेछु!!
मिना बान्तवा "मृदु"
काठमाडौँ नेपाल
हाल इजरायल
मिना बान्तवा जी नमस्कार मैले हजुरका लेख हरु पदने गर्छु सारै मुटु छुने लाग्छ र हिर्दय स्पर्सी पनि !!!!!!! आउदा दिन हरुमा पनि यस्तै गजल कबिता हरु लियर आउनु ! मिना जी किन ??????????? हजुर का गजल कविता धेरै जसो बिछोडका हुन्छन पिलिज ??????????? ओके पर्गतिको कामना ! राजु कुँवर स्यांग्जा हाल साउदी raju_kanwar58@yahoo.com
ReplyDeleteraju ji laai sab pratham ta dhny bad chh happy holiko ani mero rachaanaaharu sadhain padi rhnu hunchh bhannu bho tysko khusimaa pani dhnybad,prati kriya dinu pani bho aafno amuly samy same diera ati dhnybad chh, yo git kathaa kawita bhaneko pani khoi ke ho ke raju ji ki ta milan ki ta bichod ko hudo rahechh kehi bacheko samy laaii time pass garnuko lagi kahile kahin lekhchhu tystai ho prati kriyaako lagi muri muri dhnybad chh raju ji laaii ,,,mridu,,
ReplyDeleteमिना जी हजुरको "मेरो भाषामा मेरो बर्णन " र "नारी बेदना (कविता) " शिर्षक को लेख जुन नारीमा आश्रित रहेर लेख्नु भो त्यो एकदमै सराहानिए छ ! साथै आउदा दिन हरु मा पनि यस्तै समाज मा भयका विसंगति र नारी पर्ति गरिने र हेरिने "कु" का बारेमा अनि नारि आवाजको बारेमा लेख्ने हौसला जुटाई रहनु अबश्य पनि हाम्रा दिदि बहिनि हरुले यस बाट प्रोत्सहान पाउने छन् केहि सिक्ने छन् अनि आफुलाई सर्बश्व ठान्ने पुरुष प्रधान समाज मा आफ्नै छुट्टै पहिचाहान लियर अबश्य पनि बाँच्न सक्ने छन् !!!!!!
ReplyDeleteराजु कुँवर स्यांग्जा
mina g kabita daami 6 hai, ajhai padhna pai rahu.
ReplyDeleteraj robat ajnabi
राजु कन्वर जी, saantwnaako लागि धnyबाद, हजुरको आशीर्बाद सधै मिलि रहोस मुरी धन्यबाद छ यहाँ लाई, "मृदु "
ReplyDeleteराज जी धन्यबाद छ यहाँलाई,"mridu"
ReplyDeleteRamro 6 kabita. bideshi bhumi ma rahera pani nepali man nepali maya chokho rahe6. all the best
ReplyDeleteyogesh dhakal
khotang