kavita

कबिता


"सिमलको रुख झै जिन्दगी"

पत्झर झोर जंङ्गल सरह नै लाग्छ जिन्दगी
सिमल र खिर्राको रुख झै लाग्छ जिन्दगी।

पाहुलिने दिन आयो क्यारे पातहरु झरेछ
सर्लङ्गै सुकेको रुख सोंचौ भने काँचै परेछ।

नत कसैलाई शितल दिन सक्छु यहाँ
नत कोही शितल ताप्न नै आउछ यहाँ।

पाहुलिएर रुप फेरिदा सबले फर्की हेर्छन्
नाग्गिएर खडेरीमा जल्दा सबले हेरी छार्छन्।

त्यो याम आउँदोहो कुनै दिन हरियाली छाएर
ऐले सिमल त्यसबेला सुशेलीदोहो सल्ला भएर।

अर्जुन दुङमेन्
बेल्टार, उदयपुर।
हाल: बगदाद, इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin