kavita

कबिता


तिम्रो माया.................!
तिम्रो माया साह्रै गहिरो महासागर हो,
म एउटा तिमीमा निर्भर प्राणी।
म तिम्रो मायामा हराउछु।
म तिम्रै मुटुको गहिराईमा बाँच्छु।

मैले लिने स्वास-प्रस्वासमा सबै तिम्रो माया।
मैले जिउने संसारभरी मात्र तिम्रो छायाँ,
म सँग बाकी अरु चाह छैन।
म सँग बाँकी तिमी बाहेक अरु सपना छैन।

तिम्रो माया मैले देखेको सपनाको महल हो,
जुन हिरामोती भन्दा अमुल्य छ।
तिम्रो एउटा मुस्कान मात्र मेरो
सयौं जुनी जियाउने अमृत बन्छ।

म कति धनी छु तिम्रो यो संसारमा
म बाँचीरहेछु हरपल तिम्रो प्यारमा
हरेक क्षणहरु तिम्रो मायाले सजिएका छन।
मेरो जिबनको अन्तिम छिद्र तिम्रो मायाले बाँधिएको छ।

“पराईमान्छे” बि.जे.
भोजपुर / कोशी

2 comments:

  1. mayako ramro, barnan bj sir, malai man paryo aru pani yasarinai didai janu hola, uhi tapaikai

    fan Sanju 'Ghayal'
    madanashrit campus
    mangalbare morang

    ReplyDelete
  2. BJ sir tapai pani yo blog ko admin ho? malai tapai pani admin jasto lagyo, tapaiko rachanaharu pani padhi rahanchu, ani tapaiko sampurna rachana sahit yatika thulo blog kasari chalaunu bhako6? je hos dherai garbako kam garnu bhaeko 6, yasarinai gardai januhola tapaiko shubhayatra....

    Sabin Malla
    KSA

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin