kavita

कविता

विमल गौतमको "धन्यवाद"कविताको प्रतिउत्तर

विमल तिमीले खुव पिएछौं
खुशी लाग्यो मैले पनि खुवै पिए
विश्वासमा धोका पिए उडाईलाने हावाको झोका पिए
बचनरुपी गोली र खोका पिए
खेलमा झेल पिए  धार छोडी बगेको नदिको भेल पिए
मुटु भित्र विझाइरहने नेल पिए
हाँसो पिए  अविरल बगिरहने आँशु पिए
घात पिए स्वार्थ पिए
जिन्दगीको अर्थ पिए
तिमीले त पिएर आँखा खोलेछौ
मैलेत न आँखा खोल्न सके
न त नपिएर बाँच्न नै सके
मैले पिइरहे तर खै कसको पिए
आफ्नो भनेर के पिए अनि अरुको पनि खै के पिए
तर जे होस मैले पिए आफ्नै जिन्दगी पिए
विमल म अब पिउदिन
म त अब ओकल्ने छु
पिउनु र ओकल्नुमा के फरक छ र
काम त्यही मुखको त हो
अनि पिउदा नखुलेका आँखा
ओकल्दा कसो नखुल्लान त
त्यसैले म ओकल्दै छु
मलाई लाग्छ तिमिले रक्सी पिएनौ
तिमिले त मरुभुमिमा साहित्य रस पिएका छौ
नेपाली साहित्यमा िसंगो अरब धानेका छौ
वालुवाको पहाडमा साहित्यको फुल फुलाएको छौ
तिमी त सदावहार वहने त्योृ हावामा पिन
सुन्दर सृजनाहरु ब्ोकी आशाको दियो जस्तै बालिरहेको छौ
अरबीको यल्ला सुरालाई सहनशीलतामा पिएका छौ
सपनालाई साकार बनाउन संघर्षको पसिना पिएका छौ
एकान्तमा ती रंगीन रातहरुले तिमिलाई सुमसुम्याहोला
तर पनि तिमिले उत्तम जिन्दगी जिएका छौ
शुभकामना विमल तिमिलाई ।

पर्शु "पृथक"
इन्द्रपुर-३ त्रिवेनीचौक, मोरङ

1 comment:

  1. lau ma ta mare hau kabita haruko dohori dekhera hahahhahahahha lahai broharu kepp it up hai

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin