kavita

कबिता

पिंठ्युँमा शहर बोकेर!

नेपाल त्यो देश हो
जो खाली खुट्टाले टेकेर उभिन्छ र थकित भएर पर्खिन्छ
जो मुस्किलले हलचल गर्छ
जसले आड लाग्नै पर्छ
भारीले गर्दा बाटोतिर
बाटोले गर्दा भारीतिर

नेपाल त्यो हो
जो उचाली नसक्नु शहरलाई पिँठ्युमा बोक्छ
पसिनाको स्वाद चाख्दै
ट्रक र थोत्रा गाडीहरुले फ्याँकेको पिरो धुवाँको सास फेर्दै
जसले मृत्युलाई पन्साउँछ
सासको खाताबाट
आफुले कमाएका
स-साना सिक्काहरु झिक्दै
जसले सोध्छ किन एउटा मान्छे
टुक्रुक्क बस्छ र अर्को लम्पसार पर्छ
अझ अर्को मान्छे
किन कसैको ईशारा र हुकुममा
पिंठ्युँमा शहरलाई खातमाथि खात बोक्छ
र अर्को चाँहीं त्यसै माथि चढ्छ
त्यो शहर
जो चारै तिर बाट उठिरहेछ

नेपाल त्यो हो
जो पर्खाल आड लागेर उभिन्छ
जसको रगत पातलो छ
जसको छातीमा ओढार परेको छ
जो बास्तमा ऊ जे हो
त्यो भएर
अघि जान सक्तैन
तर जान्छ।

लेखक: वेन एम्जिसस
अनुबाद: मञ्जुल
साभर : नेपालमा गरिबीको बहस
धन्यबाद: मार्टिन चौतारी र कैलाश राईलाई

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin