कविता

"म पनि त कवि हुँ"

यता टहलाउछुउता टहलाउछु
के के विर्से झै के के हराए झै ।
जीवनका परिभाषा खोज्नलाई
पुस्तकका खाताहरु भित्र छिरेर
शब्दका भिडहरु भित्र छिचोल्दै
निकै पर पुगिसकेको हुन्छु म
अनयास …॥ सहयात्रि बनेर हिडिरहेको कलम
गर्भधान भएको थाहा पाउछु

हत्तपत्त थेगभर दिदै पानाहरुमा आश्रय दिन्छु म
कलमको निभबाट त्यहाँ
एउटा नयाँ शब्द जन्मन्छ
न्वारान गर्छु म
नाम "कविता"
अनि म कवि
ए …॥ कस्ले भन्छ मलाई कवि हैन भनेर……
म पनि त कवि हुँ……
आफ्नै नाम विस्रने मान्छे म ………॥
आफ्नै काम विस्रने मान्छे म…………
आज
आफ्नो कवित्वको जीवित परिचय खोज्नलाई
भावनामा शैर गर्दै
ति नअर्थीने शब्दका तरङ्गहरु माथि
खुवै विश्लेषण गरिरहेकी हुन्छु म
अचानक....... नजरहरु
अनेकौ रचनाका थाकहरु माथि दृष्टि गोचर हुन पुग्छ
यता चियाउछु उता चियाउछु
ती अरुको रचनाका थाकहरुबाट
सट्याक सुटुक दुई शब्द चोर्छु र
पहिलेका आफ्ना शब्दहरुमा हार गाभा मिलाएर राख्छु
फेरि त्यहाँ
एउटा नयाँ कविता जन्मन्छ ॥
अनि म कवि…........॥
ए..... कस्ले भन्छ मलाई कवि हैन भनेर
म पनि त कवि हुँ
ए..........कस्ले भन्छ मलाई कवि हैन भनेर
म पनि त कवि हुँ
म पनि त कवि हुँ  ॥

रजनी राई "राजु"

गोगने-९ भोजपुर
हालः वि.एड.तेस्रो वर्ष सुकुना क्याम्पस, मोरङ

1 comment:

  1. Wah Wah, gajabko bhawanaa, kabi hunuko,,,, uhcaailai chumos, shubhakamanaa,

    Shubhachintak.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin