kavita

गिती कविता



कहींले रुन्छु कहींले हांस्छु‏

कहींले रुन्छु कहींले हांस्छु कहींले टोलाउँछु
कहींले आफ्नै बेथाभित्र डुबी आँफै लोलाउँछु

बुझनै गाह्रो भयो आफ्नै मनभित्रको परिभाषा
जिन्दगीलाई केपो गरौँ मनकै छैनँ आज भरोषा

चट्याँङपरे जस्तो लाग्छ मनका सारा सपनामा
चारैतिर अँध्यारो छ निद खोज्दा पाइनँ आँखामा

जति खोज्छु उठाउँन पोखिदिन्छ रहर नि
नत मर्नु नत बाँच्नु कँहर भयो जिन्दगी नि

सेलाई दिउँकी सलल बंगदैजाने गंगामा मिसाएर मन
प्रश्न माथि प्रश्न थप्दा आँफैबाट ओझेलिदै गयो जीवन

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin