kavita

कबिता


म मेरो देश जस्तै बेसहारा...!

मलाई एउटा डरले सधैं आक्रमण गरिरहन्छ।
म जहाँ जाउँ, मेरो पिछा गरि रहन्छ।
म भाग्न खोज्छु, भाग्नै सक्दिन, मेरा
भगाईहरु निरर्थक रहन्छन, त्यो डर मलाई
पिछा गरि रहन्छ, हरेक घडी, हरेक पल।
म मुन्टो घुमाएर मनलाई मोड्न खोज्छु,
मेरो त्यो डरप्रतिको ध्यान कतै आकृष्ट गर्न खोज्छु,
म भाग्न खोज्छु भास भै मेरै पाईला रोकीदिन्छ।
डरले म मा पुर्ण रुपमा आफ्नो प्रभुत्व जमाइसकेको छ।
मलाई चौखुराएर बाँधिएको छ, वरिपरी काला काला
दाह्रा पलाएका शैतानहरु मेरो बधको लागी डरले पठाएको छ।
तिखा तिखा दाँत, लपलपाई रहेका राता लामा लामा जिब्रोहरु।
म हेरीरहन सिबाय मेरो केही उपाय छैन, मेरो आफ्नै भाइहरु
आज आफ्नो रहेनन उनीहरु केवल
मेरो मृत्युनै आफ्नो फाइदा देख्छन।
मेरो मृत्यु पस्चात उनीहरु मेरो चिहानमा राज गर्नेछन।
यसरी म एक्लो र निर्बल बनाइएपछि मलाई मेरो
खुट्टा काट्न शुरु गरिन्छ, म अथाह पिडाले छटपटिन्छु।
अनि मेरो हात पनि काट्न शुरु गरिन्छ म पिंडा माथी पिंडा
सही सही छटपटाईरहन्छु, सबै मेरै वरि परी देख्छु
तर कोही मेरो सहरामा आउदैनन म केवल बेसहारा,
कसैले मेरो पुकारा सुन्दैन, म एक्लै चिच्याउछु कराउछु,
मेरो गुहार! गुहार्!! को शब्दले होला सबै कान थुनी
अर्का पट्टी फर्किन्छन, म केवल कतै सहारा दिने कोहीनै
आईपुग्छकी भन्दै हेरीरहन्छु, बाटो हेरी रहन्छु,
तर कोईपनि म मा समबेदनासम्म दिन आउदैनन,
म आज चोटै चोट लिएर घाँईते भएर लडीरहेको छु, बेसहारा,
म आज मेरो जन्मभुमी जस्तै बेसहारा भएर,
म मेरो देश जस्तै बेसहारा भएर लडीरहेको छु।

बि.जे. बान्तवा "पराईमान्छे"
ठुलोदुम्मा-९ भोजपुर
कोशी नेपाल

2 comments:

  1. अत्यन्तै राम्रो

    ReplyDelete
  2. malai lagcaha absya yathartha ka kura haru khotalnu bhae chah bj sir, yahako sahityik yatrako yasari nai gunjayaman rahos.

    Prabin Gole
    Abroad.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin