kavita

कबिता

photo by: M. Ranamagar
नेपाल अब जागी सकेको छ।

अदम्य मुटुहरुको महल हो नेपाल,
बिशाल शाहसहरुको पहल हो नेपाल,
भावनाको धनी अनि मायाको खानी हो नेपाल।
भिखारी बनेर पसी धमिरा बन्ने कोशिष नगर,
धमिराको लागी एउटा ज्वालामुखी हो नेपाल।
ईतिहासमै छैन, नेपालीले हारेको,
आफ्नो मान, मर्यादा अनि ईज्जत
बैरीसामु सारेको,
बास दियो भन्दैमा आगो लाउने कोशिष नगर,
धोकेबाजलाई टुक्रा-टुक्रा पार्ने च्ट्ट्याङ हो नेपाल।
यहाँको भुमीनै अति मलिलो,
यहाँको मन मुटु कोमल अनि कलिलो,
कलिलो अनि मलिलोमा गन्धे दृष्टी लाउने नगर,
गन्धे दृष्टीलाई पातल भसाउने
बिशाल धाँजो हो नेपाल।
त्यसैले भल छोपुवा फिरन्ते हो होशियार!
नेपाल अब निद्रामा छैन जागीसकेको छ,
औसरबादी फिरन्तेको गर्धन रेट्न जागेसकेको छ।
हो नेपाल अब जागी सकेको छ।

बि.जे. बान्तवा "पराईमान्छे"
ठुलोदुम्मा-९, भामलबस्ती
भोजपुर / कोशी

3 comments:

  1. wow so sweet your poem thx iam very glad!
    kalam narkiyosa bhanna chahaanchhu!ra mutudekhinai sukhakaamana byakta gardachhu!bj jee!
    geeta thapa doshi

    ReplyDelete
  2. बि.जे. सर यस्तो बिर देशभक्ति, जोश, जंगी कविताको लागि यहाँ प्रति बधाई छ,
    यहाको सबै कविताहरु संदेश मुलक पाइयो बुझ्नेलाई सिरिखंड नबुझ्नेलाई खुखुरिको बिड भने झैँ यो कुरो गैरो छ घरमुनि पैरो छ,अरु पनि कविताको लागि निबेदन गर्न चाहन्छु धन्यबाद!
    "मृदु"

    ReplyDelete
  3. Dhanyabaad, mero racahna mana paraunu bhaeko maa.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin