kavita

कविता


"दुखी नहुनु आमा"

दुखी नहुनु आमा नयाँ साल लागेपछी घर आउँछु।
तिमीले हेरी बसेको बाटो हुँदै खुशी साह्रा ल्याउँछु।।

आरामै छु शुभ समचार ल्याउँने कागको भाषा सुन्नु।
बेला-बेलामा पत्र पठाउँदै गर्छु हुलाकीलाई सोध्नु।।

घरगाउँ परिवारको यादले मलाई नि अती सताउँछ।
सपना पनि के के देख्छु के के कती धेरै अताउँछ।।

गएराती देखे थिएँ घरबारीमा पहिरो जाँदै थियो।
आगो लागेर न्यहुली बस्ने वन डढेलोले खाँदै थियो।।

सपना त सपना नै हो यथार्थ होइन भन्दै मन मोड्छु।
रोगब्याद दैवी प्रकोप नपरोस भगवान दुईहात जोड्छु।।

अर्जुन दुङ्मेन्
 बगदाद,इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin