kavita

कबिता


रक्सी

धनिको महल र मुखमा पनि सुहाई दिने
गरिबको गोठ र ओठमा पनि रर्साई दिने
शुभ, अशुभकार्य सबैमा प्रयोग भई दिने
भेदभाव रहित उपभोग भएको छ रक्सी

मान्यजनको मान र सत्कारमा सुहाई दिने
दुखीको दुखाई, थकाई र पिर मेटाई दिने
एकान्तमा जम्ने, भेटघाटमा त झनै रम्ने
कहि कतै नशा हैन अमृत भएको छ रक्सी

कसैको खुसीमा खुसीयाली मनाउन मिल्ने
जताततै अति प्रसंसनिय भएको छ रक्सी
कसैको दुःखमा दुःखै बिसाउन पनि मिल्ने
कहि कतै त ओखटी पनि भएको छ रक्सी

सरिरमा मात र गीलासमा रक्सी छञ्जेल
आहा...रक्सी थपिदिने त्यो हातै पोषीलो
त्यो आकासको तारानै झार्ने कुरै जोशीलो
आफनै कुरामा सहि थप्ने साथनै रसीलो

रमझम र रमाईलै हुने भएर सबै पिउने गरेको छ
दयालुको मन जितेको छ, सत्जनको दिमाख हारेको छ
पापीको तन पगालेको छ, मर्खको बल पनि हारेको छ
त्यसैले होसियार ! बिस्तारै लाग्ने बिष हो रक्सी

कोहि भन्छन, पिउनको लागी जिउछु , प्यारी रक्सी
तर जीन्दगीनै डामाडोल बनाउने कुलत हो रक्सी
कोहि भन्छन, जिउनको लागी पिउछु , मिठो चुस्की
होसियार ! बिस्तारै कंगाल बनाउने बोक्सी हो रक्सी

छक्कु उदासी
म्याग्दी नेपाल
हाल : टोकियो जापान
उहाँको सञ्जालहेर्न यहाँ दबाउनुहोस

5 comments:

  1. Udashi G, namaskar, aaja balla balla hajur ko darshan garna yaha paiyo dherai khusi lagyo ani hajur ko rachana bahut masti bhari chha, aru pani herna paam hai badhaai .

    Sonam Lama
    Israel

    ReplyDelete
  2. उदासी जी
    राजा देखि रंक सम्म , स्वर्ग देखि नर्क सम्म
    जन्म देखि मर्दा सम्म, मंच देखि पर्दा सम्म
    गर्नु गर्यो उदासी जी काल रहेछा रक्सि
    कत्ति मिठो नाम दिनुभो यसलाई बोक्सी

    बिमल गौतम
    साउदी अरेबिया

    ReplyDelete
  3. udash jee!nike name udash rakhe pani bolibachhan udash chhaina pragatee ko batoo ma lammki rahanu

    ReplyDelete
  4. छक्कु उदासीको रक्सी कबिताले यथार्थता र गहन सन्देश बोकेको छ । निरन्तरताको कामना !!!

    सुरेश

    ReplyDelete
  5. udashi jee kahilai pani udash nabani aafno gantaby lai nirantar dinu pakkai pani sagarmathako shikhar ma ak dina pugnu nai hunechha.harek nari lai hamile hausalako sath dinu parchha nari pani voli gayara desh ko karmath baykte banne chha.aafno vabanalai harpal aghi badhaunu hola.

    Nkumarrai

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin