kavita

कविता


देशले के दियो मलाई भन्दानी‏

देशले के दियो मलाई भन्दानी देशलाई के दिएँ मैले भनी
सोंच्ने बेला कुन हो,हे मानब म अन्योलमा छु आज पनि

जब थिएँ म बालख गयो खेल्दैखाँदै रुदैकराउदै तेसै ति दिन
तसैं फेरी भयो के तरुणबेला अट्टेरैं गरीकन गयो उसै दिन

के थोरैं मध्यान्न बेला गर्न बाँकी हुँदा लोभ र मोहमा परी
अरुलाई उछिन्ने दाउमा सधैं-सधैं मानिसको सतहबाटै झरी

कहिँले सतकर्म भएनछ, म बाट यो चोला अमर रहोस् भनी
मर्छु भन्ने कुरा त सबनै भूलेछु बल र बैंशलाई साँचो ठानी

आज त अब बुडो हुनगयो यो शरीर पर्‍यो सबैको हेला मा
न त सुन्छन कसैले मेरा कुरा म पर्नगए कालको फेला मा

हिजो लाग्थ्यो म भन्दा बहादुर कोहिं छैनन् यो संसार मइ
आज सासफेर्न नि कठिन मान्दै घोरीन्छु बसी एकैठाउँ मइ

गीता थापा (दोषी)
-बेलाबारी मोरङ
हाल : ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin