kavita

गद्य कविता


गुहार बुद्ध गुहार,,,,,!

मुर्ति बिरोधि तिम्रै मुर्तिहरुले गल्लि गल्लि ढाकिसके
शान्ति प्रिय नेपाली आखाहरू बाटो हेर्दै थाकिसके
मौलिक हक र अधिकारहरु नावातामे भएर ढलिसके
सह अस्तित्व सहकार्य र सहमति पत्कर सरि जलिसके
नेपाली जनताले शान्ति पाउनु पर्छ
हो बुद्ध तिमि फेरी आउनु पर्छ
पोस्तक छाडेर नेताहरु षड्यन्त्रका दस थोक पढ्न थाले
विकासको सगरमाथा छाडेर बिनासको ज्वालामुखी चडन थाले
आफु र आफ्नो पार्टी सर्बोत्तम भन्दै अरुलाई धारेहात पारी सके
यहाँ भन्दा अत्याचार सहन सक्दैनौ बुद्ध हामीलाई जिउदै मारी सके
साच्चै बुद्ध
शान्ति प्रक्रिया लाई भड्खालो मा पारी सके
नेपाली जनता हरु ले शान्ति पाउनु पर्छ
हो ! बुद्ध तिमि फेरी एक पटक आउनु पर्छ
गुहार बुद्ध गुहार
गुहार बुद्ध गुहार

बिमल गौतम
मोरंग
हाल साउदी अरेबिया

2 comments:

  1. bimal ji kabita budd paratik ramro lagyo yahako pragatiko kamana.

    ReplyDelete
  2. म बन्दुक लिएर शान्ती को खोजी मा
    निस्केको छु, कसैले शान्ती लाई
    देख्नुभयो भने मलाई खबर गर्नु होला!
    त्यो भागेको शान्तीलाई म कोठामा
    थुन्ने छु , खाली उम्कन किन खोज्छ ?
    मेरो बुद्व कहाँ छ ? शान्तीको दुत ,
    बुद्व अझै सम्म ध्यानमग्न भएर हो त?
    चेलाहरु भोकले छटपटिएका यहाँ
    बन्दुक बोकी हिंडेका छन रे , म
    पनि त्यही लहरमा पालो बसेको छु।
    कतै ठुलै खजानाको पोका भेटिन्छ की ?
    यो शान्तीले कतै लुकाएको पो छकी?
    मेरो भोक मेरो रोग मेरो शोक यदी
    पुरा भएन भने म छानी छानी
    गोली हान्नेछु यि शान्तीका साखा सन्तानलाई,

    म भोको मान्छे

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin