कानुन कस्ले मानेन
बिदेशिहरुले
कि नेपाली जनताहरुले
जन प्रतिनिधिहरुले
कि कानुन बनाउने कानुनबिदहरुले
आखिरी कानुन कस्ले मानेन
या फेरी नयाँ नेपाल बनाउछु भन्नेहरुले
गणतन्त्र आए पछि पिन
लुटिएकै छन् निमुखा र लाटाहरु ।
लुट्दै छन् यहाँ दलाल र बाठाहरु ।
मलाई थाहा छैन
कानुनका का बाङ्गा टिङ्गा बाटाहरु ।
जान्दिन म
कानुनका दफा उपदफाका पाटाहरु ।
मलाई त यति थाहा छ
बम बारुद आफु सगँ हुन पर्छ
जहाँ र जहिले पनि पड्काउन पाईन्छ ।
मन्त्रि मात्र हुनु पर्छ
सि.डि.ओ. सम्मलाई चड्काउन पाईन्छ ।
कानुनले सार्वजानिक मुद्धा भन्दोरहेछ
तर माफी मागे पछि माफी पनि पाईन्छ ।
किन कि उ त मन्त्रि हो
मन्त्रि कानुन भन्दा धेरै माथी मानिन्छ ॥
मान्दैनन भने
नेपाली जन्ता सस्तै छन्
सनक चड्यो भने गोली ठोकि दिए हुन्छ ।
क्षति पुर्तिको लागी भनेर
नेपालीहरुको मुल्य दश लाख तोकि दिए हुन्छ ।
यो हाम्रो सरकारी रेट हो
शक्ति रहुन्लेल समजदारीको कुरा गर्दैनन् ।
हातमा बम बारुद रहुन्जेल शान्तिको कुरा गर्दैनन ।
बर्दिमा नै कुटिएका छन् प्रशासकहरु
सडकमा मरि रहेका छन् जनताहरु
अब सोध्ने छुईन म कानुन कस्ले मानेन
चकेन्द्र राई "कैदी"
धनकुटा
हाल:दोहा कतार
चकेंद्र जी
ReplyDelete"कानुन कसले मानेन" कविता राम्रो लाग्यो शक्ति को दुरुपयोग गर्नेहरु लाई साहित्यिक लाठो लगाउनु भएछ, निरन्तरता को लागि शुभ-कामना
बिमल गौतम
मोरंग
हाल साउदी अरेबिया
bimal ji dhabyabad chha hai comment gari dinu bhayakoma la .
ReplyDeletechakendra rai .