kavita

गद्य कविता



धन्यवाद

मैले खुब पीए, कस्तो हुन्छ जान्न पीए
कसैको आग्रह मान्न पीए व्यापार धान्न पिए
रंगिन संसार देख्न पिए कथा व्यथा लेख्न पिए
कहिले दिल चोर्न पिए कहिले दिल फोर्न पिए
कहिले गम भुलाउन पिए कहिले मन बहलाउन पिए
कहिले खुसि साट्न पिए कहिले बाटो काट्न पिए
कहिले मुटु साट्न पिए कहिले मुटु फाटन पिए
कहिले संयोग मा पिए कहिले वियोग मा पिए
पिउन त मैले रक्सि नै पिए

हल्ला भएछ बिमल ले रक्सि पिएछ

हो पिए मैले पीए अनि मेरो पीए
तिम्रो के पीए मैले मेरो आफ्नै पीए
कसले पिउन्नर ? तिमि पनि त पीउछौ
तिमि र म मा फरक यत्ति हो
लुकाएर पिउने र देखाएर पिउने

लाग्थ्यो मलाई रक्सि पीए ,ह्युसकी ब्रान्डी र बीयर पीए
तोंग्वा र खोया बिर्के पीए ,छ्यांग पीए घ्यांग पीए
यदा कदा ह्यांग पनि पीए, ग्यांग पनि पीए
कहिले ओछ्यान मा पीए कहिले रछ्यान मा पीए
भ्रम रहेछ सब, मैले त
रक्सि ह्युसकी ब्रान्डी र बीयर होइन
छोरा को स्कुल फि पिएछु
श्रीमतीको गुन्यु चोली पिएछु
बिहान बेलुकी को छाक पिएछु
समाज मा बनाएको साख पिएछु
साथी भाई को माया पिएछु
मुस्किल ले बनाएको इज्जत पिएछु
समग्रमा मैले आफ्नो जीवन पिएछु
धन्यवाद
हल्ला गरि दिने मित्रहरु लाई
एक कान दुइ कान मैदान बनाउने लाई
जस्तो देख्यो उस्तै बोलि दिने लाई
समग्रमा मेरो आखा खोलि दिने लाई

बिमल गौतम
साउदी अरेवीया

2 comments:

  1. ईन्द्र पुनNovember 16, 2009 at 3:50 AM

    अती राम्रो कबिता अती नै राम्रो
    निरन्तरताको लागी रुकुमे भाईको तर्फ बाट बधाई स्वीकार्नुस...

    ReplyDelete
  2. la sarai ramro khusi lagyo
    prithak

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin