kavita

कबिता

"के भन्नु अब"

बुद्ध जन्मेको शान्तिको देश पनि के भन्नु अब
आफै आफै काटाकाट गरेर मरिन्छ भने ।
कृषि प्रधान देश नेपाल भनेर पनि के भन्नु अब
जापानीज चामालले पेट भरिन्छ भने ॥
हरियो बन नेपालको धन पनि के भन्नु अब
सबै उजाड मरुभुमी भै सक्यो भने ।
सुन्दर शान्त विशाल नेपाल पनि के भन्नु अब
आधि जति नेपाल पराई भई सक्यो भने ॥
बिश्वको दोश्रो जलस्रोतको धनि देश के भन्नु अब
अझै राको र टुकीले गुजारा गर्नु पर्छ भने ।
स्वाभालम्बि नेपाली हुँ भनेर पनि के भन्नु अब
बिदेसि कै ईसारा मा सबै थोक गर्नु पर्छ भने ॥

चकेन्द्र राई "कैदी"
धनकुटा,हाल दोहा कतार

2 comments:

  1. सत्य सत्य लेख्नु भएछ १०० % कुरा
    यो चालले देशको लक्ष्य नहुनेभो पुरा
    यति हुदा हुदै पनि भन्छु एउटा कुरा
    आमा काली भइन भन्दै नचलाऊ कि? छुरा
    मिठो कविता सत्य कविता यथार्थ कविता कैदी जी लाइ धन्यवाद

    बिमल गौतम
    साउदी अरेबिया

    ReplyDelete
  2. bimal ji mitho comment ko lagi derai derai dhanyabad chha hai . tapaiko kura pani 100% nai thik chha .
    chakendra rai

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin