जन्मेको घर हुर्केको आंगन
जन्मेको घर हुर्केको आंगन बिर्सियौ भने
कसरी सम्झिन्छौ, त्यो दुखेको नेपाल लाई
कसरी बुझ्छौ आकाशलाई छानो धर्ती लाई
आँगन सम्झेर बाँच्ने हाम्रा नेपाली वीरलाई
दुखैमा जन्मी दुखैमा हुर्की दुखैमा मर्नेलाई
तैँ पनि आशा नेपालको मुहार फेरिएको हेर्नलाई
ए असल सपूत नेपाली छोरा जोगाऔं माटोलाई
पूर्खाको आर्जन त्यो बाटोघाटो पाटी र पौंवालाई
भावना सबको बुझ्नलाई सके त्यो ठूलो कर्म हो
जन्मको मूल्य चुकाउन सके सेवा नै धर्म हो
आमाको दुधको भारा चूक्नेछ,नेपाललाई फूलाए
देवीदेउताको सधैं आसिस मिल्नेछ,नेपाली हसाए
गीता थापा (दोषि)
बेलबारी मोरङ
हाल ईजरायल
GEETA JI khusi lagyo kabita padera ni thanx Nirantarta ko lagi subhakamana chha
ReplyDeleteManoj kafle
ReplyDeleteनेपाली मन नेपाली मुटु लिएर बाच्नेलाई
ReplyDeleteबिदेशी माटो टेकेर पनि नेपाल साच्नेलाई
सफल रहोस मन को इच्छा खुसि छ हामीलाई
नेपाल को खातिर यति पिर गर्ने सलाम छ तिमीलाई
बिमल गौतम
हाल साउदी अरेबिया