कविता
सपनाको शहर काठमाण्डौं
धूवा र धूलोबाट ओइलिएको सबैको सपनाको काठमाण्डौं
सवारी साँधनको बढ्दो चाँपबाट साँगुरिएको काठमाण्डौं
सम्पत्तिको खोंक्रो आड्वरमा होड्बाजी गर्दै चुलिएका भवन
महान देखाउँन तछाड्मछाड् गरी पहिरेका तड्कभड्क पहिरन
एउटा गरीब आफ्नो गरीबी सँग दुख्दै गुँहार माग्छ हात जोडेर
तर दिनभरीको रमिताले अघाँएर चिसो छेडिमा पल्टिन्छ हारेर
तै'पनी रमिते भएर'नै बसिदिन्छ, सपनाको शहर काठमाण्डौं
उ लाचर छ सुनेर पनि उ अँन्धो छ देखेर पनि कठैं काठमाण्डौं
कहिले बुद्द तिम्रो होइन भन्दानी चुपचाप निरुत्तर बनिदिन्छ
कहिले झण्डा फेर्छु भन्दानी कुनै प्रतिकार नगरी निहुरिदिन्छ
कहिले सिमना मिच्दै सगरमाथाको शिर होचाउँदा नी ठिकै
कहिले राकाँहरु झोसेर दनदनी ज्वाला बनी सल्काउँदानी ठिकै
त्यसैले भनेको होला धर्ती कुनै प्रतिकार गर्न नसक्ने देखी आँट
त्यसैले मिच्चिएको होला आज उ बलिया र महानहरु भन्ने बाट
गीता (दोषी)
बेलबारी मोरङ
हाल ईजरायल
Subscribe to:
Post Comments (Atom)
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)