तिमी पाएँ देखि बाट
तिमी पाएँ देखि बाट बाँच्न औधी रहर लाग्यो
तिमीलाई नै'देवता मानी पूज्न मन पो लाग्यो
रहर गर्नु भयो कि भूल सोच्नु भयो कि पाप
सपनीमा तिमीलाई आई सताउँ-सताउँ झै लाग्यो
भन्नेले नि जे-जे भनुन सुन्नेले जे-जे सुनुन
मनका सारा हाँसो तिमीलाई चढाउँ झै लाग्यो
धर्तीमा तिमी जन्मिएको मेरै निम्ती हौंकी भनी
एकान्तमा आँफैलाई आज सोधुँ-सोधुँ झै लाग्यो
गीता थापा (दोषी)
ईजरायल
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)