kavita

गिती कबिता



धेरै भयो गाउँघर छोडेको‏,,,,,

धेरै भयो गाउँघर छोडेको कतै बिरानो पो भयो कि
कि अझै म हिंडेको गोरेटोले मलाई नै कुर्दै पो छ कि

बुढो भै'सकेको वर र पिपलुको पनि कतै साथ छुट्यो कि
धेरै भयो सपना देखेको छुइँन सङ्गीले'नि भूलिदिए कि

म कहाँ भूल्न सक्छु, यादमा डुब्छु, एकान्त भेट्छु काँही
जहाँ म पुगे पनि मेरो नेपालको माया सँगै हुन्छ त्यहीं

जहाँ जन्मेर म खेलेर हुंर्के तिनै पहराछहरा छाँगासँग
आज कसरी नसम्झी रहूँ म अटुट नाता मेरो तिनै सँग

वा खाउँ म मिठो र मसिनो चम्चा र काँटा हर्दम साथमा
हिजोको साग अनि सिस्नो याद आउँछ, झल्झली आँखामा

गीता थापा (दोषी)
बेलबारी मोरङ
ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin