kavita

कविता


यसपालीको तिहारमा‏.......!

यसपालीको तिहारमा सप्तरङ्गी टिका लगाई
पूँज्न पाईन माईती राजा मैले तिमीलाई

सम्झी-सम्झी बाटो हेरी चौंतारिमा बसेर
रुमालले आँशु पूछी खाली निधार साँचेर

अरुका चेली आउँदा दुखी मन गर्दा हौंला
पिरगर्दै आफ्नी चेली टाढा भै भन्दा हौंला

मखमली सयपत्री आँगनमा फूलो होला
गलामा लाउँन नपाई बैंलिएर झर्यो होला

पर्खीराख माईती राजा अर्को साल पक्कै आउँछु
संघारमा ओखर फोरी लामु तिम्रो आयु माग्छु

हे माईती राजा अब पिरचिन्ता धेरै नगर
पर्खीराख आघौं आउँछु सप्तरङ्गी टिका लिएर

गीता थापा "दोषी"
बेलबारी मोरङ
हाल ईजरायल

2 comments:

  1. sarai mitho bhawa gita g
    tihar parti poknu bhaeko

    karun
    shyangja

    ReplyDelete
  2. ak damai ramro chha pragatee ko bato ma lamki rahanu hola aawasay safaltale shikhar chhumnu hune chha.mitho ani ramro chha

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin