kavita

कबिता


तिमीले बालेको आगोमा,,,,,

तिमीले यहाँ खोजेको शुर र ताल,
अनि तिमीले रचेको सम्पुर्ण जाल
आज एउटा क्रन्दन भएर पोखिंदैछ।
तिमीलाई सुम्पिएको त्यो ताजको
मुल्य चुकाउन सकेनौ कहिल्यै,
तिमीले ओछ्याएको बिकाशको सपनाहरु
घरी घरी चक्काजाम अनि अश्रुग्याँस
बनेर यहाँ पोखिईरहन्छन।
कहिले कसैको झुपडी जलाउने आगो बनेर
त कहिले यस देशको जनताको
छाती छेड्ने तिखो संगिन बनेर।

तिमी हिंजो सडकमा फाटेको कपडा
अनि हात्तीछाप चप्पल लगाएर नारा
लगाउँदै भौतारिन्थ्यौ, अनि त्यो
तिम्रो डेरा सम्म नपुग्ने भाडा नहुदा
घण्टौको पैदल यात्रा चल्थ्यौ,
तर आज ताज सँगै फेरिएको तिम्रो शान
हिंजोको हात्ती छाप चप्पल आजको
ईटालियन सुज, हिंजोको पैदल यात्रा
आज फेरिएका लेमुजिन र लैण्ड क्रुज,
हिंजोको फाटेको दौरा सुरवाल,
आजको थ्रीपिस शुट, आह! तिम्रो चम्केको
भाग्य, हिंजो त्यो सडकमा धुलो खाँदा
कस्तो लाग्थ्यो र भन्थ्यौ र
दोष थोपर्थ्यौ भ्रष्ट नेता भनेर
आज तिमी कुन ड्याङको मुला?
हिंजो सम्म तिमीमा नुन किन्ने
क्षमता थिएन,
आज शेयर होल्डर सुनमा!
तिम्रा ति फाटेका शब्दहरु देख्दा र सुन्दा
देखी-देखी अन्धा भएका छन,
तिमीलाई ताज पहिराउनेहरु।

टुँडीखेलमा उभिएर भाषण छाँट्छौ,
कोशी ब्यारेज मेची-कालीका कुरा गर्छौ,
कहिले तिमीले टेकेका छौ? कहिले तिमीले
देखेका छौ?? मेची कोशी र काली
के भएको छ भनेर?
तिमी हिंजो जनतालाई अन्धो बनाई
भाषण छाँट्यौ, अनि आज
जनताको छातीमा बिष रोपी
जनता ढाँट्छौ।
तिम्रो गल्तीले आज नेपालआमा
चिरा चिरा पर्न लागेकी छिन,
छेऊछाउबाट खुम्चिदैछिन।
सगरमाथा अचल र अटल थियो,
आज चोमोलुङ्मा हुन खोज्दैछ,
तिमीले कहिले हेरेको छौ,
गौतम बुद्व बिदेशीले जन्माउदैछन,
त्यो कहिले हेरेका छौ?
तिमी अन्धो छौ,
अन्धो भएका छौ, तिम्रो आँखा
खोल्ने यो समय हो, आँखा खोलेर
हेर्ने गर, जहाँकी ढिला नहोस।
तिमी अन्धो भएर तिमीले बालेको
आगोमा आफै होमिन नपरोस।

बि. जे. बान्तवा 'पराईमान्छे'
ठुलोदुम्मा-९, भोजपुर

2 comments:

  1. Ah... sarai heavey dinubhayo bj g, yasari nai didai januhos tapaiko sahityik yatrako shubha kamaana.

    Ashim "Agyat"

    ReplyDelete
  2. B.J. SIR, OHOO YO TA ATTI PO BHO TA? REALLY TAPAIKO WORDSHARU SACHAII KAHA K KO BOTMA FALAUNU HUNCHHA BAAA.
    YESLET DESMA JANATA NAI JURUK JURUK PARCHHA IK PATAK KRANTTI NAI LYAULA PO JASTO CHHA TA
    ,,AAM NEPAL CHIRA CHIRA YAHA HUDAI CHIN RA KHUMCHANDAI CHIN, HAMRO SAGAR MATHA CHUMLUNG BANNNA KHOJDAI CHAA, BUDDHA YAHA ARULE JANMAUDAI CHHAN WAAA,,,WAA,,,LA AAB DHAN KHETI PANI FALDAINA MAKAI KHETI PANI FALDAINA NEPALMA KABITAKO KHETI NAI GARAU HOLA,,,

    MINA BANTAWA,

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin