कबिता



जिउँदो अवशान

धेरै महँगो रह्यो मेरो ईच्छा र सपनाहरु,
जो मेरो इच्छालाई एउटा कात्रोले टाल्न सक्दिन।
म इच्छा गर्छु, सपना देख्छु, अनि डुब्छु कल्पनामा
मेरो अथक प्रयास सबै साँगर बिच
थोप्लिएको आँशु झैं बिलिन भएर जान्छ।
म मेरो ईच्छाको लागी न कसैलाई चिथोर्न सक्छु,
न म मेरो सपनाको लागी कसैलाई गुहार्न नै,
म आफ्नो बाटो बिर्सिएर कहिं कतै
चौबाटोमा अलपत्रीएको एउटा यात्री,
ईच्छा नै ईच्छा अनि सपना भित्र हराएको
कालो कुहिरोभित्र काग झैं रुमल्लिएको,
नदीमा बाढी आउँदा, धमिलिएको पानी भित्र
बिचलित त्यो माछा झै, हुरीको लहराभित्र
हराएको चरी झैं, म आफ्नै ईच्छाको चिहानमा
पुरिएको एउटा जिउँदो अवशान हुँ।
म आशा बाट टाढिएको र
प्रतिक्षाको घडी नभएको स्वास हुँ।

बिजे बान्तवा 'पराईमान्छे'
ठुलोदुम्मा-९, भोजपुर


2 comments:

  1. धेरै महंगो रह्यो मेरो ईच्छा र सपानहरु
    जो मेरो ईच्छालाई एउटा कात्रोले टाल्न सक्दिन ।

    अत्यन्तै मार्मिक लाग्यो ।

    ReplyDelete
  2. इन्द्र पुनOctober 29, 2009 at 2:03 AM

    आहा मानेँ मानेँ सारै मिठो
    साच्चिकै माने तपाई लाई म
    ...शुभ कामना

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin