kavita

गिती कबिता


समयले दिएको चोट्‏

पर्ख समयले दिएको चोट् समयले'नै निको बनाउँछ
नबोलाउँनु निष्ठुरी भनी मलाई छातीको घाऊँ चर्किन्छ

कहाँ खुशी हुन्छु,म पनि तिमीलाई चट्टक्कै भूल्नुपर्दा
चस्केर दुख्छ मुटु मेरो तिमीले निस्ठूरी भनी बोलाउँदा

हिजो मीलनका याद तिमी आज उपहार सम्झेर जिउँनु
बिछोड्को घाऊँमा तिरस्कार गरेर धारिलो छुराले नरेट्नु

चोट् सहेरै भएँ पनी तिमीले मेरा भूलहरु माफी गरीदिनु
मुटुलाई चिरा-चिरा पारेर निष्ठुरीको नाम तिमीले नदिनु

चलनहरु यहाँ यस्तै रहेछन,कोही खुशी'नै-खुशी जिउँछन
कोही भने यहाँ टुक्रिएको खुशी गँहमा भरी निलेर मर्छन

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin