kavita

कबिता



नयनभरि ऐना,,,,

काला बादल थे मुलुकमाथी हटाउन ताती आई
धर्ती भिज्ने मेचीकाली असिना सगुन छातीमा लिई
ज्यान दिए लोकतन्त्र सँगै गणतन्त्र ल्याउनलाई
अमर छन ईतिहाँसमा एक मुठी पानी नखाई।।

मनुष्य चेतना भएता पनि कत्रा हत्या गर्छन
नयनभरि ऐना हेरता पनि आँखा चिम्म गर्छन
प्रभाकरलाई त्यो सन्ध्या सरह निज ढाल ठान्थे
प्रणय छैन सारा त्योफूल किन काला रुप मान्थे।।

पृथ्बीलाई कति मौन पारी चाकरीको पेवा दिई
सडिगलि दबायौ झुपडीभित्र रम्ने भिखारीलाई
मोहको औंला दिई कति जिउँदै कलेजी भित्रै खाई
प्यारा लाग्थ्यो होला खुन जिउँदै चुस्ने देवलाई।।

हैकमका बाटो त्यो घुमिफिरी आकश पातालमा जो
मान्नै पर्थ्यो त्यो बर्षमा बृक्ष हाँगाहरुले सहेर त्यो
बिरक्तले पहाड सारा पतझर बने खडेरी त्यो
आगोको चिता झैं जन जिउँदै मरुभुमीसँगै थियो।।

प्यास लाग्ने मौसम थे लोकतन्त्र गीत गाउँदै थिए
सेता फूल छिर्कीमिर्की लस्करमा हाँसी त्यो ढल्दै थिए
मेचीकाली एकैछिनमा बग्दै त्यो रङ्गिएका थिए
रङ्गभरि छातीसँग सगुन असिना झै दाना थिए।।

शुभ खालिङ "कला"
धनकुटा-३, राईकुवा टोल।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin