kavita

कबिता

परदेशको चिनो............

नसोध मलाई परदेशबाट के चिनो ल्यायौ भनी
ल्याएको छु संहाली दर्दपूर्ण दिनका कहानी
चिनो ल्याएको छु परदेशबाट गहभरि आँसु
बिदेशमै बगाई रगत बाँकि छ हाड र मासु
के पो ल्यायो होला लाग्छ झोला देख्नेलाई
धनभन्दा बढी ल्याएको छु दुःख र व्याथालाई
परदेशबाट फर्केर आफ्नै माटो संझी आएँ

साँचेर आज मनभरि मैले दुःख र व्यथाको चिनो ल्याएं
साहुको बचन सहेर गाली आएं दुखित भएर
त्यो बनपाखा उकाली ओरालीलाई आएं सम्झेर
बसे आजसम्म माता पिता र जन्मभूमि सम्झेर
नसोध मलाई परदेशबाट के चिनो ल्यायौ भनेर

म आएँ आज सिस्नु र खोले सम्झेर
गाउँघरको माया र गौरव मुटुभरि बोकेर
आएँ जन्मभूमि र मातापिताको सेवा गर्न भनेर
नसोध मलाई परदेशबाट के चिनो ल्यायौ भनेर
खेतबारीको कान्ला र गह्रामा खेलेको सम्झेर
बिदेशमा आज सकिन रहन त्यो गाली सहेर
नसोध मलाई परदेशबाट के चिनो ल्यायौ भनेर

सुमन वैरागी
हमीं-९ गोर्खा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin