kavita

कबिता

यहाँ...........

जमिन बिहिन किसानहरु नै
जीवन भरि जमिन जोत्नु पर्छ यहाँ ।
सुकुम्बासी चेलीहरु नै
साझ बिहानु घर पोत्नु पर्छ यहाँ ।
चामलको भारि बोक्ने भरिया दाई नै
भोक भोकै निदाउने पर्छ यहाँ ।
बहुमुल्य कपडा सिलाउने दाजु भाई नै
सत्र ठाउ टालेर लाज छोप्नु पर्छ यहाँ ।

अर्काको झुपडी भत्काएर
आफ्नो महल बनाउछन् यहाँ ।
मान्छेको टाउको माथी टेकर मान्छे
मान्छेको जात जनाउछन् यहाँ ।
मान्छेले मात्र यस्तो गर्न सक्छ भनेर
मान्छे मात्रको पुरुसार्थ देखाउछन् यहाँ ॥
यस्तै हुन्छ यहा…।

चकेन्द्र राई "कैदी"
दोहा, कतार

1 comment:

  1. लहै बडा दशैंको हार्दिक-हार्दिक मंगलमय शुभकामना।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin