नरुनु आमा दिन गनी बस अब म आउँदै छु..............!
हर क्षण आउँछ याद आमा खेलको त्यो काखा मा
न गर्नु है पीर आमा बाबा आमा छन साथमा
बिदेशको तेसै हैन आमा बन्दगी बनी भबिश्य
प्रतिक्षा गर्नु है आमा आउँछ छोरो अबश्य ।
घर छोडि हिडय आज यसरी सताइरहेछ सम्झना ले
कती याद आउछ बाताइ रहेछ सपना ले
देखी रह्न्छु सपनीमा भाई र बहिनी लाई
लेखी रहुन्छु सपनीमा मा भुलौन यो मन लाई |
पर्देशी भएँ गाँउ बेशी छोडे अर्कै को पासमा
सपना को दियो ढिप-ढिप बालि केही हुने आशमा
नहुने भयो खान गरीबी काखमा
घर को धितो राखेर आएँ साहुको काखमा ।
डाँडाको घाम ती मेरी आमा आशिष दिंदैथे
आशु को थोप्ला तप तप झारी सिरमा छुदैथे
आत्मा को पहरा चर्केर आयो खै के के भन्दै थिए
भएस है नानी चिरनजिबी रही उदाउनु भन्दै थे ।
के गर्न दैब यो दिन आयो पर्देशी हुनलाई
गाउँबस्ती भरी जमाइ रथे रुप एस्तो हेर्न लाई
साथी र भाई चेलि र बेटी बिदाई गर्न लाई
आत्मा को कभर भत्केर आयो हेरीन कसै लाई
मन भरी दु:ख बोकेर हिंडे यो भुमी कतार मा
के गर्न आमा गरीबी भए त्यो दु:ख छ साथ मा
आधार नै हाम्रो नभएपछी लडनु छ यसैमा
त्यो तातो हावा भतभत पोलि मन पुग्छ सारा मा
जो सोचे मैले उल्टो भयो के देंखे के भोगे
नेपालीहरु को केही अर्थ भएन अचम्म भयो
गधा को जुनी पाएको मैले जीउ जान नै गलाय
हरपल चल्ने जे भन्यो मान्ने पशु नै बनाए ।
त्यो बुढी आमा सम्झेर रोएँ सपनी भइदीयो
के बित्ला त्यो उन्को मनको सहारा नभैदिए
नलिनु सुर्ता परदेशी छोरो भनेर के भयो
नरुनु आमा अर्को साल आउला १ साल त भईगयो।
नियतीको पासमा कम्मर कसी लडेर हिडदै छु
त्यो तीम्रो दु:ख सखाप गर्न पर्देशी बन्दैछु
त्यो साहु धितो खोसेर लाउने आधार बन्दै छु
नरुनु आमा दिन गनी बस अब म आउँदै छु
नरुनु आमा दिन गनी बस अब म आउँदै छु|
देवराज बस्नेत "अशिश"
खोटाङ दिक्तेल बाम्रङ ८
हाल दोहा कतार
Aha kati raamro kabita bhaai, amalai dherai nai maya garnu hun6a ho? amalai maya garnai par6 bhai khusi lago aru pani padhana pau hai.
ReplyDeleteSirjana Basnet
kathmandu
Yes Sirjana DD i love so much my mom k garne badeta nai yesto chha garnu pardo rahechha ...thanks a lots for comment
ReplyDelete