kavita

कविता

दाजै आयो कि भनेर...............!

यसपालि पनि
मेरो बाटो हेरे होलान् बाउआमाले !
चौतारीमा घाँसको भारी बिसाएर
निथ्रुक्कै पसिनाले भिजेको जिउ
फाटेका चप्पलहरु अलि पर सारेर
पुरानो रिवन मुखमा च्यापेर केश मिलाउँदै
बहिनी ! सायद सम्झियौ दाजैलाई
मझेरीमा पत्पत धुँवाले आँखा पोल्दा
छाकैपिच्छे अलिनो तिहुन खाइरहँदा
पारि वन हॆरेर कालो ढाकर छोएर
बहिनी ! सायद सम्झियौ दाजैलाई ।

माकुराको जालोमा अल्झिएको पुतलीजस्तो
अल्झिरहेछु यो परदेशमा
हरेक छाक टार्दा
सकिन्छन् सारा सपनाहरु र सोंचहरु-
सानो कोठामा
सानो भाँडोमा
र सानो अभावमा ।

एकजोर नयाँ लुगा लिएर आउँन सकिँन
पिङ खेल्न जाने पालो दिन आउँन सकिँन
भैली खेल्न जाने पालो दिन आउँन सकिँन ।
तिहारमा एकमाला मखमली दैलॊमाथि झुण्ड्याएर
यसपालि पनि सारा रहरहरु
आघौँलाई साँच्यौ होला !
दशैँलाई साँचेको पाखाको घाँस काट्दै
बहिनी ! सायद सम्झियौ दाजैलाई !

हरेक दिनजसो हेर्दै-पट्यउँदै
पुरानो बाकसमा राखेको चौबन्दी
आमाबासँग टिका थाप्न लगाउँदा
कस्ले भन्द्यो होला र तिमीलाई
-कस्तो राम्रो सुहाएको !
सायद धोएर राखिदियौ
मेरा अधर्नो लुगाहरु पिन
तिम्रोसँगै मिलाएर यौटा कुनामा !
प्रत्येक चाँडपर्वहरुमा
गोठालोबाट घर फर्कँदै गर्दा
हाम्रै गाउँतिर आउँदै गरेका
नयाँ मान्छेहरु देखेर
बहिनी ! सायद सम्झियौ होला
दाजै आयो कि…… ! भनेर ।

-अकेला यात्री
मङ्गलटार-२ खोटाङ
हालः मोरङ

2 comments:

  1. deuraaliko chautarimaa sadhai baato herthe,
    paradeshi aayo bhane pani daajai aayo bhanthe.
    dukhako bhari bisaauna saarai saaro paryo
    paradeshi daajaiko yaadale aaja ashu jharyo.

    Tnx nice poem "Akela Yaatree" jee
    I like your poem and I just left one coment through Ruwaai coz I really like your poem. Keep it up.

    ReplyDelete
  2. Good, Good keep it up man.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin