kavita

कबिता

अन्याय'मै मर्दछ‏...............!

कसैलाई भने माटो'नै माटो धानको भकारी
कसैलाई भने पुग्दैन खान नगरी चाकरी

दैबले पनी लेखेछन भाग्य पंक्षपात गरेर
गरीबको दिन कहिल्यै नफिर्ने साँझ बीहान टरेर

गरीबले लाको मखमल् पनी खदरमा गनीन्छ
धनीले लाए खदरलाई पनी बहुमूल्य ठानीन्छ

पसीना काँडी श्रम जो गर्छ उही सानो सबैको नजरमा
पैसाको लागी जो आँफूलाई भूल्छ उही महान शहरमा

गरीबको कर्म मात्र छाक् टारने नगरी छल्कपट
फेरी'नी कीन उही सानो हुन्छ सबैको पाई दपोट?

सुनको बञ्चरो देखाउँदा पनी फलाम'कै माग्दछ
कर्मको बाटो पहिलाई सधैं निस्ठावान बन्दछ

साग र सिस्नु खाएर पनी जीवन धान्दछ
जे जती गर्छ उस्ले कर्म ईश्वरलाई अर्पीन्छ

तै पनी उहि'नै जीवनभरी निर्धो भै'बाँच्दछ
खोजेर पनी पाउँदैन न्याय अन्याय'मै मर्दछ

गीता थापा(दोषी)
बेलबारी मोरङ
हाल ईजरायल

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin