kavita

कबिता

अघाएर हुँदैन तिमी र म‏,,,,,,,,!

अघाएर हुँदैन तिमी र म, हामी अघाउनु पर्छ
रमाएर हुँदैन तिमी र म, सिङ्गो देशबासी रमाउनु पर्छ

भोको पेट मिची-मिची आँखाका आँसु झाँरी-झाँरी
त्यो हाम्रो झुप्रो रुदै छ.शान्ति माग्दै हात पसारी

दिनानुदिन रोग र सोगमा नेपाली मन डुब्दो छ
एकलैले लाएको हिरा मोतिले कहाँ मनको सुख मिल्दछ

आऊ आऊ हामी सबै मिली जुली एक भै'बाचौ
हाम्रो सानो सुन्दर नेपाललाई मन मन्दिरमा साचौ

थोपा-थोपा जम्मा गरी आउँ हामी समुन्द्र बनाउन जुटौ
बारुद खेलाई अहङ्कार भरेर अब भाई-भाईमा नफुटौ

थोरै मेरा बिचार थोरै तिम्रा बिचार आउँ हामी मिसाऔ
हामी मीले देश हाँस्छ आऊ-आऊ सबै मीली देशलाई हँसाऔ

गीता थापा (दोषि)
ईजरायल

2 comments:

  1. OH Gita g tapai haami aghaaera maatra hunna yaha tuhprai aaghaunu parchha, yaha dherai bhokaa nanga 6an ani dherai aamaababa bihinchhan. tapaiko lekhan Ojanadar chha.

    ReplyDelete
  2. Gita Ji Kavita samaya sapeksha chha sabai namile Desh mathi uthna sakdaina. Rastra Premi Bhayera sabailai Jhakjhakyaunu bhayeko ma Dhanyabad sahit Nirantartako lagi Shubha-kamana.

    Bimal Gautam
    Saudi Arabiya
    bimalgautam200@yahoo.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin