"परदेशी"
"सानु" !
म त अन्जान मै परदेशी भए
उत्तिस चिलाउने अनी पैयुँका
पात झै पाहुलिन भनी खसी गए
अर्ध निन्द्राको सपनीमा देखे
बाँधिएको अंगालोमा पाए
परदेशीको एकलो संसारमा
आई दियौ एकै छिन रमाए
तर !
थाहा थिएन मलाई
म हराउने छु आज यो दुनियाँमा
मायाका नशालु आँखाका ईशारा
थाहा भयो मलाई
आँखा माथि कोठीको हुलियामा
"सानु" ! भनन' भन !
किन ? मेरो दिलमा रमाई
हृदयको जुहार सुम्पियौ मलाई
अमूल्य गहना सरी, मुटु भरी
सदा-सदा छाई दिन खोज्छौ
छैनन र ? यौवन नयनमा अरु
किन ? आखिरी मलाई नै रोज्छौ
अहो !
सिरानीमा ओछ्यानको घण्टी बजेछ
ब्युझेर'यताउती टोलाएर खोजे
परदेशीको सपना मायामा अल्झे
हुँदो रहेछ यस्तै भनी सम्झे !
अर्जुन दुङमेन्
- बगदाद
Arjun Rai
Administrative Assistant
Operation & Maintenance Department
F2-3B East LSA / KBR
APOAE-09344, ID #43375
Baghdad, Iraq
E-mail: Arjun.Rai@kbr.com
Office:( 713-445-5867
[सम्पुर्ण शाहित्यकार महानुभाबहरुमा हामी भोजपुरे एडमिनको तर्फ बाट नयाँ बष२०६६को हार्दिक हार्दिक मंगलमय सुभकामना, साथै हामीले सम्पुर्ण रचनाहरु मुख्य पृष्ठमा उतार्न बिबिध कारण बस सकिरहेको छैनौ त्यसको लागी हामी क्षमा प्रार्थी छौ। धन्यबाद।]
Lovely, Lovely,Lovely pome...!
ReplyDeleteधन्यवाद ! सिर्जना "सरु" जी ।
ReplyDeleteढिलाई भएतापनी नव-बर्षको हार्दिक मंगलमय शुभकामना !