kavita

कबिता

माया र ममताले भरिएको........!

आँसु र दुखले भरिएको पिरती हैन प्रिय
माया र ममताले भरिएको दिल भए पुग्छ
कृत्रिम हाँसोको सजावत हैन प्रिय
केवल प्रकृतिले भरिएको हाँसो भए पुग्छ
जिन्दगी गोरेटोको प्रेम हैन प्रिय
तिम्रो दिलले दिएको बहार भए पुग्छ
ढुङ्गा र काँढेतारको बार हैन प्रिय
आबश्यक्तामा नदी तर्ने पुल भए पुग्छ
दुखा र बेदनाको खग्रास दिल हैन प्रिय
सधैं भरि मनको कुनामा सजाएर राखिदिए पुग्छ
स्वार्थी घमण्डको जिन्दगी हैन प्रिय
पुन: आजीबन प्यार भए पुग्छ
बोल्न तिमीलाई गाह्रो भए मुस्काई दिए पुग्छ ।

मान बहादुर तामाङ
याङपाङ्-५, भोजपुर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin