kavita

कविता

देश नेता र जनता

देश
देश यस्तो होस्
शान्तीको नाम होस्
अशान्ती को परिचय बनोस्
आहा ! कति राम्रो मेरो देश
बिकाश तोडीरहेछ
क्रान्ति जलाई रहेछ !!!

नेता
नेतालाई सलाम्
नेतृत्वलाई सलाम्
माहान पद्धतिलाई सलाम्
मेरो नेता माहान वा ! नेता वा !
देशलाई बोकि रहेछौ
देशलाई भोगी रहेछौ !!!

जनता
नेपाली जनता
नेपालको हामी जनता
नेपाली हुनुमा गौरव गर्ने जनता
स्याबास नेपाली जनता स्याबास !!
आफ्नै मातृभुमिलाई रुवाई रहेछौ
अनि आफै पनि आज रुई रहेछौ !!!

दुर्गा राई

भोजपुर जरायोटार २ बसेरी
हाल ईराक बगदाद

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin