kavita

कबिता

जिन्दगीलाई कथा बनाई ...........

जिन्दगीलाई कथा बनाई कोर्नु छ अलिकति
फूलका लागि काँडा पनि ब्यहोर्नु छ अलिकति
नयन भरि टाँगिएका नग्न,भग्न दृष्यहरु
भेटाउन नुतन बिम्ब चोर्नु छ अलिकति
छरपष्ट्, लथालिङ, भताभुङ्ग जिन्दगीलाई
जगाउन आस्थाहरु जोडनु छ अलिकति
यता सियो, उता उध्रीरहन्छ जिन्दगी यो
तरै पनि भ्रम भित्र मोर्नु छ अलिकति
जताततै उभेका छन चुनौतीका पहाडहरु
हिम्मत र साहस जमाई फोर्नु छ अलिकति ।

सुमित्रा वाङ्देल "चेली"
दमक्-११, झापा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin