कविता
( बिर्सिदेउ )
बिर्सी देउ बिगतको क्षणहरुलाई
त्यो त सब सपनाको महल रहेछ
भुली देउ ती यादहरुलाई
जो ज्वाला मुखी बनेको छ ।
ती सुन्दर महल सजाउने सपना
ज्वाला मुखीको रागमा जलेछ ।
सँगै मर्ने र जिउने बाचा
बाध्यता र विवश्ताले अलग्याएको छ ।
तिम्रो साथ जिउने चाहना
तुफान आई उडाई दियो
छैटिको दिनमा भाविले
जे लेख्यो त्यही भई दियो ।
रहर होइन तिमी बाट टाढा हुने
यो त परिस्थितीको खेल थियो ।
चाह होइन तिमी लाई तड्पाउने
यो त कर्माको फल थियो ।
यदि माफ गर्न लायक भए
अज्ञानी सम्झी माफ गरिदेउ
यदि सक्छौ भने मेरो यादहरुलाई
सदैब परित्याग गरिदेउ ।
"अन्जान" गंगा मगर
जीतपुर -६ ईलाम
Subscribe to:
Post Comments (Atom)
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)