kavita

कविता


(दशै तिमी)

ए दशै, तिमी आयौ...?
भर्खर बरखी सकिएर
चोखिएको देशमा
तिम्रो आगमन
उल्लासमय बन्यो त ...?
कुन बाटो आयौ दशै तिमी ...?
हुनेखाने हरुको घरको बाटो ?
कि हुँदा खाने हरुको घरको बाटो ...?
भन्छन्- हुनेलाई दशै, बार्हैइ   काल
नहुनेलाई दशै, महाकाल
जे होस् - सजाएर अमृतका घडा
सिंगारेर अक्षता जमरा
मालसिरी गाउँदै
उमंग बोकी ल्यायौ त ...?
बोली नफुट्दै
टुहुरा बनेका मुनाहरुको ओठमा
सन्तान वियोगमा विक्षिप्त
आमाका रित्ता काखहरुमा
भर्भराउँदो वैंश सँगै
विधुवा बनेका
शहीद पत्नीका सिउँदोमा
बढी पहिरोले सखाप बस्तीहरुमा
गरिबीले चाल्नो भएका
थुप्रै गृहस्थिहरुमा
तिम्रो सित्तल स्पर्श
महलम-पट्टी बन्नु पर्छ
प्रिय दशै -
तिमी मेरो आस्थाको धरोहर हौ
विश्वासको पहाड हौ
मेरो प्यारो संस्कृती हौ-परम्परा हौ
तिमीले ल्याएको
खुशीको खबर
भरिभराउ महलहरुमा जत्तिकै
त्यत्तिकै छाउनु पर्छ
अभावग्रस्त झुपडिहरुमा
फाटेको टोपिबाट
आकाश चिहाउने शिरहरुमा
विपन्नताले छिद्र
नांगा आङहरुमा
भोका पेटहरुमा
महान दशै-
संस्कृति धान्नुसँग
जोडीएका तिम्रा मान्यताहरु
कतै आडम्बर नबनुन्
कतै दशा नबनुन्
छाडा स्वतन्त्रता सँगै
बरालिएका तिम्रा समर्थकहरु
परिवर्तनको ढ्वाङ् फुक्दै
तिम्रो अस्तित्व
नामेट पार्ने धूनमा लागेको बेला
फुकेको राँगोले
तोरी बारी माडे जस्तै
कतै-
तिम्रो छवी नमाडियोस्
कतै-
तिम्रो स्वरुप नफेरियोस्
कतै-
तिम्रो अस्मिता नमेटियोस्
किनकी तिमी-
राष्ट्रिय संस्कृतिको सगरमथा हौ
त्यसैले दशै तिमी-
सबैको साझा उत्सव बन
एकताको शुत्र बन
सर्वाङिण बिकासको मन्त्र बन
आफ्नै महान अर्थ बोकेर
सधैं एउटै महत्व बोकेर
संस्कृतिमा
पर्वमा
परम्परामा
र मान्यतामा ....!!!


- गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङ-४ भोजपुर
हाल : Fregate Island Private
          Victoria ( seychelles )
Cell : 00248 797358

7 comments:

  1. WAWAWAWA KEEP IT UP MAN< ITS REALLY NICE,
    & TRUTHFUL...................

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. शब्द को भन्डार र भावनाको सर्बोच्चता भरिएको तपाईंको यो कबिता लाई मेरो सलाम ।साच्चै शब्द नै भेटिन मैले प्रसन्सा गर्नलाई।अनी गर्व छ मलाई तपाईं जस्तो मेरो will wisher हुनु हुन्छ भन्ने कुरामा। आज टिका दिनमा माता भवानिसँग यही प्रथाना छ मेरो तपाईंको कलमले कामना गरे जस्तै दसैं सम्पूर्ण नेपालीको आगनमा आवोस।अनी कलमले सम्पूर्ण नेपालीको हिर्दयलाई झकझकाउन सफल होस ।

    ReplyDelete
  4. Thanks god Hajur ko mahan bichar lai durga ma bhawani le pura garidiun

    ReplyDelete
  5. namastey ... sarai nai sandavhik lagyo kabita malai .. man mutu chune rahechha .. pragatiko kamana ... from hk

    ReplyDelete
  6. देस ले भोग्दै गरेको अब्स्ता लाई कबिता मा निकै राम्रो तरिका ले पस्कनु भयको छ खै कुन शब्दले यस्लाई म बयान गरु तेसको लागि म सँग भयको शब्द निकै सानो हुनेछ । । । । । । सम्ग्र मा कबिता सारै मन छु ने खाल्को छ
    दुर्ग भवनी ले हजुरको सदै रक्छ गरुन यहिनै मेरो शुभकामना छ । ।
    रिता

    ReplyDelete
  7. akdamai marmik chha yo kabita man n mutu chhune chha hai desh prati bastabik chha

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin