kavita

कबिता

(तीज)

बर्षभरी का थकाईहरुलाई पर सारी
आसुँ र सुस्केराहरु लाई बढार्दै
बिगत का बर्षहरु झै
यो बर्ष पनि दिर्घ विश्वाश का साथ्
निलो आकाश लिएर,हामी तमाम दिदी बैनीहरु को
दैलो र आगनहरुमा सौगात बोकेर शुभत्व को संकेत दिदै
हर्ष र उल्लासका साथ रातो साडी र हरियो पोते सँग मितेरी लगाउदै
आएकी छौ तीज।
बिहान को सुर्य को किरण सगै
नयाँ पालुवा र नयाँ घाम सगै
खुशी लिएर हाम्रो झुपडीहरुमा,
हिमाल पहाड र तराइहरुमा,नया सोच र बिचार लिइ
देशको नयाँ अनुहार फेर्दै आँखामा गुरास फुलाउदै
हातमा सयपत्री र मखमली,मन भरी सुनगाभा फक्राउदै
आएकी छौ तीज।
मनहरुको बिच को दुरिलाई,भोगाइहरु लाई
आरोह अबरोहहरु लाई सरल सँग सामना गर्न
पवन को संगितमय धुन सगै
हर प्रहर बिउझेर खुशी को सुधार को संकेतहरु,गोरेटाहरु
स्पन्दनशिल र सुकोमल शैलिमा
हाम्रा आमाहरु र हाम्रा जननीहरु माझ
तिमी कोसेली बनी आँखा भरी गाजल,गाला भरी लाली
हात भरी रङीबिरङी चुरा लगाई
बर्तमान् आएकि छौ तीज।
तिम्रो आगमनलाई तुलसी पत्र सहित
सर्बे शान्ति सुखिन
सर्बे शान्ति निरामया।।।।

उषा गिरी
चारपाने झापा
हाल: बेल्जियम

2 comments:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin