kavita

कबिता


"अपुरो इच्छा"

हिमाल जस्तै कन्चन हुने, यो मेरो रहर हो ।
पहाडको सृजना नभै विलाई जाने भो ।
सागर जस्तै पवित्र हुने, यो मेरो आकांक्षा
खोला नै हुन नपाई सुकेर जाने भो ।
रुख झै छहरी दिने, मेरो त थियो मन ।
उम्रन्न पनि नपाई कठै डढेर गयो बन ।
गुलाव भाई सौरभ छर्ने, मन थियो गम ।
बागैचा सुक्यो,फुल ओइलिएर गयो, बिराक्त भयो मन ।
शरद रितु ढौडेर आयो, उजाड पार्‍यो झन ।
बनेर तिखा खराब काँडहरु यो दिल घोचे झन।

बनेर जुन उज्यालो दिने चाहना थियो नि
आँफैलाई पनि उज्यालो दिन नसक्ने भए नि
छल छल बाग्ने, झरना हुने, मनको इच्छा हो ।
पोखरी भै धामिलो बनी जिन्दगी जाने भो
मिर्मिरे बिहान किरण बोकी चम्कने मेरो मन
गुराँस लाली भएर लेकै सिगर्ने मेरो मन ।
उत्तिस भै फ्याकिएको किन भिरमा कठै मेरो तन ।



गायत्री प्रसाद ज्ञावली
लिम्धा - ३ गुल्मी
हाल: दोहा कतार



No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin