kavita

कबिता

राजनिती गर्नेहरु

किन भेष बदली आउदैछन
पटक पटक राजनिती गर्नेहरु
जनताको पसिना चुसेर
आफ्नो ढुकुटी भर्नेहरु
केबल एक मतका लागि सरण पर्नेहरु
किन आज आदर्श छाट्दैछन
सिद्दान्तको बिरोधमा राष्ट्रघात गर्नेहरु
स्वार्थका लागि प्रजातन्त्र भन्दै
अहमताको मैदानमा चर्नेहरु
केवल दुई दिन मात्र
किन लोक प्रिय बन्न खोज्दैछन
राजनिती गर्नेहरु
खै त बोलेको कालापानी को विरोधमा
किन भारतीय बिस्तारबादका
जल्लाद रुपी खेल स्विकार्दैछन
किन नेपाली भुभाग डुब्दा
वाल्ल परी हेर्दैछन
किन साम्राज्यबादी शक्तिको
शरण पर्दैछन
गरीवका झुपडी जल्दा
भोकमारी र अत्याचारमा पिल्सिन्दा
खै त कुन लोकतन्त्रमा हराउदैछन
राजनिती गर्नेहरु
सम्राज्यबाद र विस्तारवादका
पाइला पच्छाउनेहरु
सिंगो देश जल्दा केवल बोलीमा
झुट्टा आश्वासन बाँड्नेहरु ।।

इश्वरी ज्ञवाली
लिम्धा एग्रोभेट सेन्टर
पर्रोहा ६ रानीवगीया
रुपन्देही नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin