kavita

कबिता


'भानु को सम्झनामा'

भानु तिमीलाई अन्जुली भरी श्रधासुमन
रम्भाको शाहीतिक
उर्बरा भुमिमा आमाको बत्सल्एमय कोखबाट
नेपाली साहित्यफाटको
उथ्खनन गर्दै तमाम नेपालीहरुको
जनजिब्रोमा साहित्यको गुलियो रस्चखाउदै
ह्रिदयेको अन्धकारबाट
कालो बादल हटाई, साहित्यको ज्योति ल्याऔ
कोमल भाबना युक्त कृतिहरु
रामायण, बधुशीक्षा, भक्तमाला र प्रश्नोतरी
जनमानसमा ल्याइ सरल र सजिब
ढंगबाट चित्रण गर्यौ
उत्साह र प्रेरणा दिने बिम्बर
प्रतिकका धनी भानु
तिम्रो स्वस्थ चिन्तनले
प्रभाबित हामी नेपालीहरु
साहित्यको काब्याधाराबाट
कैलैपनि उम्कन सक्दैनौ
तिम्रो महानताप्रती आजका दिनलाई सम्झनागर्दै
"भानु तिमीलाई अन्जुलीभरी श्रध्दासुमन"२

-बिमल गिरी
अनेसास(बेल्जियम च्यापटर)चारपाने, झापा, नेपाल
(कबी बिमल गिरि ज्युको छोटो परिचय: कबी बिमल गिरी ज्युको जन्मथलो भोजपुरको दोभाने गाउँ बिकास समिती वडा नं-४ हो भने पछि गएर झापा जिल्लाको चारपाने मा बसोबास गर्दै आउनु भएको छ र हाल उहाँ बेल्जियम मा हुनुहुन्छ र उहाँले भोजपुरे ब्लग लाइ सम्झना स्वरुप पठाउनु भएको यो कबिता को लागि उहाँ लाई धेरै धेरै धन्यवाद -भोजपुरे ब्लग परिवार)

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin